काठमाडौं । चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले सहारा चितवन सहरकारी गठी प्रकरणमा रवि लामिछानेविरुद्ध अदालतमा दर्ता गरेको अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न समिति गठन गरेको छ। महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता…