नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति कपिलवस्तुको अध्यक्षमा थमन रास्कोटी मगर सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार बाणगंगा नगरपालिका ८ बोडगाउँमा रहेको मगर समाज बौद्ध भवनमा भएको ७ औ जिल्ला अधिवेशनबाट थमन सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनबाट संघको उपाध्यक्षमा निर्मल रास्कोटी मगर, सचिवमा निशा आले मगर, सहसचिवमा दिलिप पुन मगर, कोषाध्यक्षमा चन्दा शिरिष मगर…