काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको भ्यूटावरको बेसमेन्टमा पार्किङ सुरु गरेको छ । पूर्ण क्षमतामा संचालनमा आउँदा उक्त पार्किङमा ४०० गाडी र ७०० हाराहारीमा मोटरसाइकल तथा स्कुटर पार्किङ गर्न सकिन्छ ।
महानगर भित्र रहेको उक्त भ्यूटावरको पार्किङ लटमा गाडी पार्किङ सुरु भएको महानगर प्रहरी पमुख राजुनाथ पाण्डेले जानकारी दिए । भ्यूटावर निर्माण चलिरहेपनि महानगरले पार्किङको समस्या हल गर्न त्यहाँ पार्क गर्न थालिएको हो ।
काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहको नेतृत्व बेसमेन्ट पार्किङ व्यवस्थापन र अव्यवस्थीत पार्किङ हटाउने काम सुरु भएसँगै पार्किङको विषय पेचिलो बनिरहेको थियो ।
महानगरपालिकाले सडकमा जथाभाबी हुने अव्यवस्थीत पार्किङ निषेध गर्दै महानगर भित्र पर्ने सार्वजनिक सवारी साधन गुड्ने कुनै पनि सडकमा पार्किङ गर्न नदिनेगरी कडाई गरेको हो ।
यसअघि सडक किनारामा गरिने पार्किङ हटाउन निकै माथापच्ची गरेको महानगरले हालसम्म दुई दर्जनभन्दा बढि स्थानबाट पार्किङ हटाइसकेको छ । जसमा निकै अस्तव्यवस्थ रहेको बागबजार, प्रदर्शनी मार्ग, शंखरदेव क्याम्पर एरिया, दरवारमार्ग, नारायणचोक, बानेश्वर, बत्तिसपुतली, माछापोखरी, चाबहिल, सोल्टीमोड, कलंकी, कालीमाटी र कुलेश्वरको सडक किनारामा गरिने पार्किङ हटाएको हो ।
यी स्थानमा पार्किङ बन्द गरिएपछि उपत्यकामा पार्किङको बैकल्पीक ब्यवस्था भने हुन सकेको छैन । यद्यपि, ब्यापारीक कम्प्लेक्स निर्माण गर्दा पार्किङ भनेर नक्साप गराईको स्थान खाली गराएर पार्किङ सुरु गरिएको छ ।
अहिले सडकमा हुने पाकिङ हटेपनि बैकल्पीक पार्किङ गर्ने व्यवस्था मिलाउन ब्यवसायीलाई नै महानगरपालिकाले निर्देशन दिएको महानगर प्रहरी पमुख राजुनाथ पाण्डेले बताए ।
उनका अनुसार हरेक भवनमा भएका अन्डरग्राण्डलाई पार्किङ अनिवार्य राख्नु पर्ने व्यवस्था मिलाइएको छ । अहिले महानगर क्षेत्र भित्र २५ देखि ३० स्थानमा भुमिगत पार्किङ रहेको छ । त्यसमाथि नयाँ भवन निर्माण गर्ने हरेकमा भूमिगत पार्किङको व्यवस्था अनिवार्य गरिएको पाण्डेले जानकारी दिए ।
विगतमा महानगरसँग भुमिगत पार्किङको लागि स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका स्थानलाई समेत पार्किङ स्थालमा परिणत गरिएको उनले बताए ।
‘हामीले महानगरभित्र अधिकांश स्थानबाट पार्किङ हटाइसकेका छौँ, अब सडक र सडक पेटीमा पार्किङ गर्न पाइदैन । हामीले पार्किङको लागि भनेर बनेको बेसमेन्टहरुमा फेरि पार्किङको व्यवस्था मिलाएका छौँ, अब सबैले पार्किङ गर्न बनाइएको स्थानमा मात्र पार्किङ गर्न पाउने छन्’, पाण्डेले भने ।
सिटिसि मल, बानेश्वर प्लाजा, काठमाडौं मल, भाटभटिनीका विभिन्न शाखा, राहदानी विभाग, आरबी कम्प्लेक्स, दरबार मल, विभिन्न बैंक कार्यालय तथा अस्पतालहरुमा समेत पार्किङहरुको व्यवस्था गरिएको उनले जानकारी दिए ।
महानगरपालिकाले अन्य प्रयोजनमा रहेको २५ बढि स्थानका बेसमेन्टहरु खाली गराएर पार्किङको ब्यवस्था गरेको छ ।
प्रतिक्रिया