मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाले वडाहरुलाई दिने बजेट सिलिङको मापदण्ड ‘राजश्वमा योगदान’

वाणगंगाले वडाहरुलाई दिने बजेट सिलिङको मापदण्ड ‘राजश्वमा योगदान’

अपि टाइम्स

बाणगंगा। कपिलवस्तुको बाणगंगा नगरपालिकाले भुगोल, जनसङ्ख्या, राजश्वमा पुर्‍याएको योगदान तथा भौगलिक विकटता गरि चार सुचकका आधारमा वडाहरलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । नगरको सभाहलमा विहीवार बसेको नगरपालिकाको कार्यपालिका बैठक वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८० र ०८१ को लागि वडाहरुलाई बजेट सिलिङ दिने निर्णय गरेको छ । साथै वडालाई योजना मागको लागि मार्गदर्शन समेत गरिएको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसद पौडेलले जानकारी दिए ।
कार्यपालिका बैठकमा आर्थिक वर्ष २०७९ र ८० को प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो । जस अनुसार ४७५ उपभोक्ता समिति बाट सम्पन्न हुने र ५१ वटा ठेक्का प्रक्रिाया बाट सम्पन्न हुने गरि यस आर्थिक वर्षमा नगर भरि जम्मा ५ सय २६ योजना रहेका थिए ।

जस मध्ये उपभोक्त बाट सम्पन्न हने योजना मध्ये २९३ योजना भुक्तानी भैसकेका छन, भने ठेक्का पट्टा बाट हुने योजना मध्ये १७ वटा योजना भुक्तानी भैसकेको र बाँकी भुक्तानि हुने प्रक्रियामा रहेको नगर प्रमुख चक्रपाणी आर्यलले बताएका छन् । यस आर्थिक वर्षमा ९० प्रतिशत भन्दा धेरै योजना सम्पन्न हुने मेयर अर्यालले बताएका छन् ।

त्यस्तै कार्यपालिका बैठकले महिला स्वयमसेविका हित कोष सञ्चालन कार्यविधि पारित गरेको छ । कार्यविधि पारित भएपछि नगरमा रहेका महिला स्वयमसेविकाको पक्षमा थप प्रभावकारी कार्यक्रम हुने विश्वास लिइएको छ । त्यस्तै भूमिआयोग अन्तर्गत अव्यवस्थित बसोवासीको नापजाँचको प्रक्रिायलाई अघि बढाउने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।

नगर प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यपालिका बैठकमा नगर प्रमुख चक्रपाणी अर्याल, उप प्रमुख रिता कुमारी चौधरी लगायतले आ-आफ्नो धारण राखेका थिए ।