मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ महानगरमा सुरु भयो तार व्यवस्थापन अभियान, हेर्नुहोस् रुट (सुचिसहित)

काठमाडौँ महानगरमा सुरु भयो तार व्यवस्थापन अभियान, हेर्नुहोस् रुट (सुचिसहित)

अपि टाइम्स

काठमाडौँ । काठमाडौं महानगर क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियान सुरु गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार व्यवस्थित गर्ने अभियान आज बिहान थालेका हुन्।

काठमाडौं महानगरपालिका, दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रतिनिधिबीच आइतबार भएको सहमतिअनुसार महानगर क्षेत्रका अव्यवस्थित तारलाई व्यवस्थित बनाउन थालिएको हो।

आज बिहान ८ बजे माइतीघर मण्डला र न्यूरोड क्षेत्रका सडक किनारका पोलमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तार हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम थालिएको हो।

यसअघि आजै बिहान दूरसञ्चार प्राधिकरणले ‘जरुरी सूचना’ जारी गरी टेलिफोन तथा इन्टरनेटलगायतका तार सडक छेउका पोलमा गुजुल्टो भएको, चुँडिएको तथा लत्रिएकाले सहरी सुन्दरता बिग्रिनुका साथै दुर्घटनासमेत हुने गरेकाले त्यस्ता तार हटाउन लागिएको जानकारी दिएको थियो।
हेर्नुहोसु रुट
–माइतीघरदेखि एयरपोर्ट

–त्रिपुरेश्वर देखि महाराजगञ्ज

–न्युरोड–वसन्तपुर हुँदै असन

–माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी

–भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरी

–डिल्लीबजार–अनामनगर हुँदै बीआईसीसी रिङ

–नक्साल–बालुवाटार हुँदै शीतल निवास

–माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी

–लैनचौर–अस्कल–रानिवारी हुँदै सामाखुसी

–सोह्रखुट्टे–ढल्को–ताहाचल हुँदै स्वयम्भू

–सिनामंगल–पुरानो बानेश्वर हुँदै गौशाला

–गौशाला–बौद्वनाथ

–कालिमाटी–कुलेश्वर हुँदै बल्खु