काठमाडौँ । उपमेयर सुनिता डंगोललाई कार्यबाहाक जिम्मेवारी दिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भारत प्रस्थान गरेका छन्।
कामको सिलसिलामा काठमाडौं बाहिर जानुपर्ने भएकाले नफर्कंदासम्म कार्यबहाकको जिम्मेवारी उमेयर डंगोललाई दिइएको महानगरपालिकाले जनाएको छ।
मेयर शाहका सचिवालय स्रोतका अनुसार उनी भारतको बैंग्लोर गएका हुन्।
बैंग्लोरस्थित भीटीयू युनभर्सिटीबाटट मास्टर्स सकेका मेयर शाह बाँकी डकुमेन्टेशनको कामका लागि बैंग्लोर गएको सचिवालय स्रोतले जानकारी दियो।
‘उहाँले बैंग्लोरस्थित भिटियू युनिभर्सिटीबाट मास्टर्स गर्नुभएको हो,’ स्रोतले भन्यो, ‘सोही डिग्रिको बाँकी डकुमेन्टेशनको कामका लागि उहाँ कार्यबहाक जिम्मेवारी उपमेयरज्यूलाई दिएर जानुभएको छ।’
शाहले गत महिनामात्रै पीचडीका लागि भर्ना समेत गरेका छन्।
प्रतिक्रिया