काठमाडौँ । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले वृक्षरोपण अभियानलाई तीव्र बनाएका छन् । यसै सन्दर्भमा उनले अहिले खुर्सानी रोप्ने अभियान थालेका छन् ।
धरानका मुख्य सडकका किनारभरी अहिले खुर्सानीका विरुवा रोपेको देखिन्छ । नगरबासीलाई फ्रिमा खुर्सानी खुवाउनको लागि उनको प्रयास छ ।
खुर्सानी रोपणमा जनश्रमदानका फोटाहरु राख्दै मेयर साम्पाङले मुद्धा लागे पनि आफ्नो अभियान नछोड्ने बताएका छन् । उनले पानी हालेर संरक्षण गर्न पनि धराने जनतालाई आग्रह गर्दै सोमबार उनी सामाजिक संजाल फेसबुकमा लेख्छन् ‘मुद्दा लागे लागोस बाटै भरि खोर्सानी रोप्ने हो ! पानी हाल्नुस संरक्षण गरेर फलाएर खानुस धराने हो ! Free मा हो Free मा !’
प्रतिक्रिया