मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेनको साहसिक काम, कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

बालेनको साहसिक काम, कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

अपि टाइम्स

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भूभागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिएका हुन् ।

महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुईतीन दिनअघि नयाँ नक्सा राखिएको हो । शाह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए । फर्किएलगत्तै नयाँ नक्साको पृष्ठभूमिमा तस्वीर खिचाएर सार्वजनिक गर्ने उनको योजना छ ।

भारतले नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राखेको छ । त्यसमा नेपालको कपिलवस्तु र तौलिहवा समेटिएको छ । त्यसपछि नेपालबाट विरोध भइरहेको छ ।

कुनै समय नेपालको भूभाग पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको थियो । तर, अंग्रेजसँगको युद्धपछि नेपालले आफ्नो ठूलो हिस्सा जमिन गुमाउन पुग्यो । सन् १८१६ को मार्च ४ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच सुगौली सन्धी भएको थियो, जसले नेपालको भूभाग मेची(महाकालीमा खुम्च्याइदिएको छ ।