काठमाडौं । तमोर नदीले धनकुटामो मूल घाटमा खतराको तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको बताएको हो। नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ।
बाढीपहिरोका कारण कोशी प्रदेश आक्रान्त बनेको छ। ताप्लेजुङ, पाँचथर, संखुवासभामा अहिलेसम्म २५ जना बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खोज, उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्।
प्रतिक्रिया