काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद पुस मसान्तसम्म थप गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै, बैठकले निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको छ। सहसचिव उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया