मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शाईन रेसुङ्गा बैङ्क बुर्तिवाङको उपहारः प्रभा माविलाई कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर

शाईन रेसुङ्गा बैङ्क बुर्तिवाङको उपहारः प्रभा माविलाई कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर

अपि टाइम्स

बागलुङ । शाईन रेसुंगा विकास बैङ्क बुर्तिवाङ शाखाले निसीखोला गाउँपालिका वडा नं ३ बोहरागाउँ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयलाई कम्प्युटर लगायतका सामाग्री हस्तान्तरण गरेको छ । गत शुक्रबार विद्यालयमा एक कार्यक्रम आयोजना गदै बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई शिक्षामा आधुनिकता ल्याउन भन्दै आधुनिक प्रविधि कम्प्युटर, कलर प्रिन्टर र प्रोजेक्टर हस्तारन्तरण गरेको हो ।

बैंकका क्षेत्रिय प्रवन्धक कृष्ण भन्डारीको अध्यक्षता रहेको कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं ३ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश विक्रम शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि अध्यक्ष शाहीले विद्यालयलाई प्रविधिमा जोड्न सामग्री हस्तान्तरण गर्नु खुशीको कुरा भएको बताए ।

विद्यालय हरुको भिडमा प्रभा माविलाई नै रोजेकोमा बैंकका शाखा प्रमुख प्रेम पौडेललाई धन्यबाद दिए । उनले सामाग्रीको सही तरिकाले प्रयोग गर्न अनुरोध गरेका थिए ।

अध्यक्ष शाहीले व्यवस्थापनको पक्ष र स्थानिय सरकारको रुपमा गर्न सक्ने र गर्ने काममा पनि सहकार्य गर्ने भन्दै भविष्यका कर्णधार निमार्णमा विशेष सहयोग गर्ने बताए ।

विशिष्ट अतिथि गण्डकी प्रदेश पुर्व सांसद तथा विद्यालय व्यास्थापन समिति सल्लाहकार खिम विक्रम शाहीले विद्यालयलाई यस्ता प्रविधिमा जोड्न बैङ्कले गरेको सहयोगको खुलेर प्रसंसा गरे ।

विद्यालयका प्रधानध्यापक नवराज आचार्यले पनि आफ्नो विद्यालयलाई रोजेकोमा बैङ्कलाई धन्यबाद दिए । कार्यक्रम संचालन गर्दै बैङ्कका शाखा प्रमुख प्रेमनाथ पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष विद्यालयले यस्ता काम गर्दै आएको बताए ।

उनले सामाग्रीको अधिकतम सदुपयोगको लागि विद्यालयलाई अनुरोध गरे । बैंकले यस भन्दा अगाडी पनि सामाजिक उत्तर दायित्व अन्र्तगत विभिन्न विद्यालय तथा सामाजिक क्षेत्रमा काम गदै आएको शाखा प्रमुख पौडेलले जानकारी दिए ।

सोही अवसरमा वित्तिय साक्षरता सम्बन्धि विद्यार्थीलाई प्रशिक्षण समेत दिइएको थियो । बैंकका क्षेत्रीय प्रवन्धक कृष्ण भन्डारीले विद्यालयका विद्यार्थीलाई पछिल्लो क्रममा मौलाएको विद्युतीय ठगी र यसबाट बच्न गर्न सकिने बिभिन्न पक्षबारे जानकारी गराएका थिए ।

कार्यक्रममा वडा सदस्य नन्द बहादुर चन्द, विद्यालय व्यवस्थापन समिति सदस्य भोटु कुमारी चन्द,विद्यालयका साहायक प्रधानध्यापक मोहन सापकोटा, पत्रकार, शिक्षक विद्यार्थी,लगाएतको सहभागिता थियो । विद्यार्थीकोतर्फ बाट कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुनिल सुनार लगाएतले मन्तव्य राखेका थिए ।