काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ किलोमा झरेको दाबी गरेका छन् ।
आज बुधवार काठमाण्डौमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै एक क्विन्टलभन्दा बढी सुन भित्रिएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबनाएकाले सुनको परिणाम घटेको आरोप लगाएका हुन् । उनले पहिले खोलामा सुन बग्छ भनिन्थ्यो तर अहिले एअरपोर्टबाटै सुन बगिरहेको टिप्पणीसमेतगरे ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुनसहितको एक सय ५५ किलो ुब्रेक शुु बरामद गरेको थियो । तर यही मङ्गलवार गालेर जोख्दा ६० केजी ७१६ केजी भएको छ ।
सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै एमालेले तीन हप्तादेखि सङ्घीय संसद् चल्न दिएको छैन ।
प्रतिक्रिया