नवलपरासी । बर्दघाट (सुस्तापूर्व)को दुम्कौलीस्थित शास्वतधाममा विराट हनुमान कथा प्रवचनका लागि भारतका धार्मिक धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा) आज त्यसतर्फ गएका छन् । शास्वतधाममा उनले तीन दिनसम्म हनुमान कथा प्रवचन गर्ने चौधरी समूहका प्रबन्धक रामचन्द्र धितालले बताए ।
बागेश्वर बाबाको नामले चर्चित शास्त्री बिहान ८ः३० बजे काठमाडौंबाट भरतपुर विमानस्थलहुँदै दुम्कौलीस्थित शास्वतधाममा पुगेका छन् ।
ुशास्वतधाममा सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्ने बताइएको छ ।
तीन दिनसम्म दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको प्रबन्धक धितालले बताए । शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ ।
उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले निर्माण गरेको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलोपटक नेपाल आएका हुन् । शास्वतधाम हिन्दू धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रूपमा चर्चित छ ।
प्रवचनका लागि नेपाल बोलाइएका शास्त्री भारतमा विवादित छवि भएका धार्मिक गुरुको सूचीमा पर्छन् ।
प्रतिक्रिया