काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो सानैको चाहाना कलाकार बन्ने रहेको बताएका छन् । इन्ट्रा फाउण्डेसनले ललितपुरको गोदावारीमा आयोजना गरेको मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको ग्राण्ड फिनाले कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले कार्यक्रम हेर्दै गर्दा आफ्नो सानैको रुचीको कुरा सुनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका दाहालले करिब ४ मिनेट बोल्दै नेपाली, भाषा, कला, गीत र संगितको संरक्षणमा सरकारले काम गर्ने बताए ।
नेपाली कला र संस्कृति अद्धितिय रहेको बताउँदै प्रधानमन्त्री दाहालले नेपाली कलाकार पनि अन्र्तराष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्न सक्ने खालका रहेको बताए । भनाईको सुरुमै राजनैतिक भाषण नगर्ने बताएका प्रधानमन्त्रीले गीतसंगित र कलाकारकै लागि लागि आफ्नो समय खर्चेका थिए ।
प्रमुख अतिथिको रुपमा रहेर अहिलेसम्मकै सबैभन्दा छोटो भनाई राखेका दाहालले अन्तिमतिर आई इन्जोय भन्दै भाषणको बिट मारेका थिए । उनले इन्ट्रा फाण्डेसन र अध्यक्ष डिल्ली अधिकारीको मुक्तकंठले प्रसंसा गर्दै फाउण्डेसनलाई सरकारले सहयोग गर्ने बताएका थिए । कार्यक्रममा सभामुख देवराज घिमिरे, सिक्किमका कृषिमन्त्री लगायतले भनाई राखेका थिए ।
प्रतिक्रिया