काठमाण्डौ – काठमाण्डौ महानगरपालिका–३२ जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क तत्कालका लागि नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले मुद्दा किनारा नलागेसम्म बसपार्क नभत्काउन आज शुक्रवार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचानालाई तोडफोड नगर्न पनि भनेको छ ।
यस्तै अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे पर्सि आइतवार छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । अदालतले अन्तरिम आदेश जारी नपर्ने आधार, कारण र प्रमाण भए १५ दिनभित्र आफैँ वा कानुन बमोजिमको वारेसमार्फत लिखित जवाफ पेस गर्न काठमाण्डौ महानगरलाई भनेको छ ।
काठमाण्डौ महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क सञ्चालन गर्न नदिने भन्दै अटेर गरे भ
प्रतिक्रिया