काठमाडौँ । सरकारले हमासको आक्रमणमा परी नेपालीहरूले ज्यान गुमाएको दुखद घटनापछि आज राष्ट्रिय शोक बनाइदै छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय शोक घोषणा गरेको हो ।
आज सबै सरकारी कामकाज ठप्प हुनेछन् भने आधा झण्डा झुकाएर शोक मनाइने छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार उनीहरूको सम्मानमा मंगलबार आधा झण्डा झुकाइने छ ।
यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने,ु मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
गाजा क्षेत्रबाट हमासले शनिबार इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।
प्रतिक्रिया