तेल अबिव– बेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल पुग्दैछन् । अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेको भोलिपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन् ।
बेलायती प्रधानमन्त्री सुनक इजरायलमा भएको आतंकवादी हमलाकाबीच आज तेल अबिवमा अवतरण गर्नेछन् । जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नेछन् ।
सो क्रममा सुनकले इजरायलका प्रधानमन्त्री नेतान्याहुका साथै इजरायली राष्ट्रपति इसाक हर्जोगलाई भेटवार्ता गर्नेछन् । उनले यस क्षेत्रको दुई दिने भ्रमणका क्रममा अन्य देशको पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ ।
डाउनिङ स्ट्रिटका अनुसार सुनकले ‘हमासको क्रूर आतंकवादी हमलाको परिणाम स्वरूप इजरायल र गाजामा भएको भयावह जनधनको क्षतिको लागि शोक व्यक्त गर्नेछन्।’
प्रधानमन्त्रीले गाजामा प्रवेश गर्ने मानवीय सहायताको मार्ग जति सक्दो चाँडो खोल्न र त्यहाँ फसेका बेलायती नागरिकहरूलाई छोड्नका लागि पनि दबाब दिने छन्।
प्रतिक्रिया