चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । हाम्रा पूर्खाहरु भन्छन् ‘वडा दशैँमा एक पटक भूईँ छोडिएन भने दशैँ मनाएजस्तो हुँदैन ।’ दशैँ भित्रिएपछि कोजाग्रत पूर्णिमासम्म जसरी पनि भूईँ छोड्नुपर्दछ अर्थात् लिङ्गे पीङ खेल्नुपर्दछभन्ने परम्परागत मान्यता छ ।
अर्कोतर्फ दशैंसँग जोडिने केहि विशेषतामध्ये पिङ खेल्नु पनि हो ।
खासगरी लिङ्गे पिङ । पिङ खेलिरहँदा रोमाञ्चित त हुने नै भइयो, स्वास्थ्य पनि राम्रो हुन्छ । जसै दशैं आउँछ, गाउँघरतिर लिङ्गे पिङ बनाउने होड सुरु हुन्छ । खुला एवं अग्लो स्थानमा पिङ बनाउन सुरु भएसँगै गाउँघरमा दशैंको रौनक पनि भित्रिन्छ । केटाकेटी, तन्नेरी मात्र होइन, बुढाबुढी समेत पिङ खेल्न झुम्मिन्छन् ।
दशैंमा मनोरञ्जन गर्ने अनेक विधी छन् । तौर तरिका छन् । त्यसमध्ये परम्परागत तरिका हो, लिङ्गे पिङ । टिका थापिसकेपछि सबैजसो पिङमा मच्चिएर मनोरञ्जन गर्न हतारिन्छन् । पिङ एक रोमाञ्चक अनुभव पनि हो ।
। त्यहि मान्यता अनुसार वडा दशैँमा देशभर पीङ हाल्ने प्रचलन छ । यसैगरी कपिलवस्तुका बिभिन्न ठाउँमा पनि अहिले युवा क्लवहरुको सक्रियतामा बिभिन्न स्थानमा लिङ्गे पीङ हाल्ने काम भइरहेको छ ।
महेन्द्र राजमार्गसङ्ग जोडिएको वाणगंगा नगरपालिकाको वडा नम्बर ७ उदयपुर दुर्गा मन्दिरको प्राङगणमा पीङ बनेको शैलेन्द्र बेलबासेले बताएका छन् । शिव शर्माका अनुसार वडा नम्बर २ को पीपरास्थित हिलवर्ट इङलिश बोर्डिङ स्कुलमा पनि लिङ्गे पीङ बनेको छ ।
वडा नम्बर ४ को ठाकुरापुरमा पनि सधैँजसो पीङ बनेको छ । स्थानीय नवप्रभात युवा क्लवले दुर्गा मन्दिरमा पीङ बनेको क्लवका अध्यक्ष मिलन चालिसेले अपिटाइम्सलाई फोटोसहित पठाएका छन् ।
चालिसेले पीङ बनेपछि स्थानीय खुसी भएका बताए । यस्तै वडा नम्बर ६ मा पनि पीङ बनेको छ । मनोहरापुरमा पीङ बन्दा स्थानीय खुसी भएका स्थानीय श्रीआठ पुष्कर भुसालले बताए ।
यस्तै वडा नम्बर २ को वैरिया स्कुलको चौरमा पनि पीङ बनेको छ । रिजन पौडेलका अनुसार हरेक बर्षजस्तै यसपटक पनि स्थानीय जनताको माग अनुसार पीङ बनाइएको हो । यस्तै अन्य वडाहरुमा पनि पीङ राखिएको छ । राखिएका पीङमा जोकोही पनि आएर रमाउन सक्ने क्लवहरु बताउँछन् ।
लिङ्गे पीङ राख्ने चलन हराउँदै गए पनि पछिल्लो समय स्थानीय युवा क्ल्वले दशैँको परम्परा जोगाउन पीङ राख्न थालेको नवप्रभात युवा क्लवका अध्यक्ष मिलन चालिसेले बताए ।
दशैं भनेको समृद्धिको पर्व हो । एकता र सद्भावको पर्व हो । यसमा मनोरञ्जन नजोडिने कुरै भएन । दशैंको फुर्सदिलो दिनमा उन्मुक्त मनोरञ्जन गर्नुपर्छ । यस्तो अवसर बर्षमा एक दिन न आउने हो ।
दशैंमा खेलिने पीङ केवल मनोरञ्जनका लागि मात्र होइन । पिङ खेल्नुको सम्बन्ध हाम्रो शारीरिक स्वास्थ्यसँग पनि जोडिएको छ । दशैंमा पिङ खेल्दा केही शारीरिक लाभ मिल्छ ।दशैँमा अरु पीङभन्दा पनि लिङ्गे पीङको महत्व हुन्छ । लिङ्गे पीङमा मज्जाले मच्चन पाउँदा जो कोही खुसी हुन्छन्
प्रतिक्रिया