मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा थारु समूदायले यसरी मनाए दसैं

दाङमा थारु समूदायले यसरी मनाए दसैं

अपि टाइम्स

दाङ । दाङका थारु समूदायले यसवर्षको बडादसैं हर्षोउल्लासका साथ मनाएका छन् ।

बडादसैंको अघिल्नो दिन थारु समूदायले दसैं मनाउने चलन अनुसार दाङका थारुहरुले टिका र जमरा लगाएर मान्यजनबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिएर मनाएका छन् ।

थारु समूदायले सोमबार बिहानैदेखि पुजाआजा गर्ने र समुदायको अगुवा बडघर महतवाका घरमा जम्मा भइ नाँच गान गर्दै बेलुकीपख टिका र जमरा लाएर दसैं मनाउने गर्दछन् ।

यसैबीच लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरस्थित निजी निवासमा आफ्नी आमा र दाइबाट टिका ग्रहण गरे भने त्यहाँ जम्मा भएका थारुसमूदायका युवा युवतीहरुलाई पनि टिका लगाइदिएका छन् ।