मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा सामूहिक टीका

पाल्पामा सामूहिक टीका

अपि टाइम्स

पाल्पा । पाल्पाका विभिन्न गाउँमा सामूहिक रुपमा टीका लगाइएको छ । दुर्गा विर्सजनपश्चात मन्दिरमा जम्मा भएर सामूहिक रुपमा टीका लगाइएको हो ।

शक्तिपीठमा टीका लगाउँदा भातृत्व कायम हुनुकासाथै परम्परागत रुपमा मनाइने पर्वको रौनक हुने पाका पुस्ताको भनाइ छ ।

घरघरमा टीका जमरा लगाएर आशीर्वाद लिने प्रचलन भए पनि मन्दिर स्थापना भएपछि सामूहिक रुपमा टीका जमरा लगाएर पर्व मनाउन थालिएको बगनासकाली(४ का कुलप्रसाद अर्यालले बताए ।

देवीको मन्दिरमा गाउँभरीका मानिसहरु जम्मा भएर टीका लगाउदा देवीको शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

मन्दिरमा युवादेखि वृद्धसम्मका सबैको उपस्थितिमा टीका जमारा लगाइएको हो । पाल्पाको केही गाउँहमा मात्रै यसरी सामूहिक रुपमा टीका लगाउने गरिन्छ ।

पूजा गरेकौ स्थानमा टीका जमारा लगाएर सामूहिक रुपमा पर्व मनाउँदा समयमै टीका लगाउन पाइने र गाउँभरी टीका र आशीर्वाद थाप्नका लागि जानु नपर्ने सहजतासँगै धेरै जनाको हातबाट छोटो समयमा टीका लगाउन पाइने हुँदा पर्व मनाउँदा थप रौनक हुने स्थानीयले बताउँ छन् ।