मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांस्कृतिक झाँकीसहित आज बैरियामा सरायँ नाच हुँदै

सांस्कृतिक झाँकीसहित आज बैरियामा सरायँ नाच हुँदै

अपि टाइम्स

सागर बेल्बासे, कपिलवस्तु । हिन्दुहरुको महान पर्व बिजया दशमिको अन्तिम दिन भोलि बिहान ११ः ३० बजेदेखि बाणगङ्गा नगरपालिका वार्ड नम्बर १ बैरिया कपिलवस्तुको दुर्गा भगवती मन्दिर बैरियामा मालश्री गित , बाजागाजा र शंख ध्वनि संगै बिधिवत पुजा आराधना सहित देबिको प्रसन्नता र श्रदालु भक्तजनको दर्शनका लागि कोजाग्रत पुर्णिामा सम्मका लागि पन्च चंवर समेत कालिका मन्दिर अगाडि स्थापन गरि भित्राइएका फुलपाती बिसर्जन गरिने भएको छ।

बिजया दशमिको फुलपाती बिसर्जन गर्दा सदा को जस्तै कोजाग्रत पुर्णिमाको दिनमा भोलि नेपाली परम्परागत लोक संस्कृति अनुसार मालश्री गित,बाद्यबादन,पन्चेबाजा को संगितमय तालमा हातहतियार सहित मौलिक सरायँ नाच,फहरी नाच प्रदर्शन हुने भएको मन्दिर ब्यबस्थापन समिति सचिब मोहन गौतमले जानकारी दिनुभएको छ।

उक्त मौलिक प्रस्तुति का लागि नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान का अध्यक्ष बुद्दी सागर बेल्बासेको संयोजकत्वमा लिलावती घिमिरे ,शंकर भट्टराई ,दिपक बेल्बासे,शंकर पौडेल ,ज्ञानु पौडेल ,रमेश पौडेल ,गणेश घिमिरे ,लक्ष्मण घिमिरे ,खगेन्द्र घिमिरे ,डिल्लिराज खनाल,दधिराम घिमिरे गणेश घिमिरे ,चोपलाल बेल्बासे,जबहारिलाल घिमिरे,खिमानन्द शर्मा लगायत सदस्य भएको सरायँ नाच उप समिति बनेको मन्दिर ब्यबस्थापन समिति अध्यक्ष चेतनारायण कणेल ले जानकारी गराउनु भएको छ।कार्तिक ११ गते हुने मौलिक सरायँ नाच दृश्याअवलोकन संगै आलम को दर्सन गरि घटस्थापना गरिएको घडाको जल द्वारा सोस्ती शान्ती ग्रहण गरेर पुण्य लिनका लागि सम्पूर्ण श्रदालु भक्तजनलाइ निमन्त्रणा गर्दै बिगत मा भन्दा अझ सभ्य र भब्य ढङ्गले फरक प्रस्तुति को तयारी रहेको संयोजक बुद्दी सागर बेल्बासेले जनाएका छन्।