काठमाडौँ । गालीगलोज गरेको आरोपमा कपिलवस्तुमा दुई जना पक्राउ परेका छन । जिल्लाको विजयनगर गाँउपालिका वडा नं ४ बस्ने बर्ष ५४ का खिमलाल कडेल र उनका भाइ बर्ष ४५ का तिरञ्चल कडेललाई प्रहरीले पक्राउ गरेको छ ।
गाली गलोज गर्ने कडेल दाजुभाईलाई इलाका प्रहरी कार्यालय गणेशपुरले विहिबार पक्राउ गरेको प्रहरी निरिक्षक दिवाकर रिजालले जानकारी दिनुभयो । स्थानिय थान प्रसाद रेग्मी लगायतलाई कडेल दाजुभाईले अपशब्द प्रयोग गरी हत्या गर्न सक्ने धम्की दिएको उजुरीको आधारमा पक्राउ गरी हिरासतमा राखीएको गणेशपुरका प्रहरी निरीक्षक रिजालले बताउनुभयो ।
गत असोज २० गते विहान ११ बजे सिचाई डिप बोरीङको हिसाब किताब माग गर्दा कडेल दाजुभाईले डिप बोरिङ व्यवस्थापन समुहका सदस्यहरूलाई गालाीगलोज गरेका थिए । डिप बोरिङ जडान भएदेखी समितीका अध्यक्ष तिलकराम कडेलले कुनै पनि हिसावकिताव सार्वजनिक नगरेपछी स्थानियले हिसाब किताव सार्वजनिक गर्न माग गर्दै आएका थिए ।
विजयनगर वडा नं ४ का वडाअध्यक्ष समेत रहेका तिलकराम कडेलका दाजु र भाईले स्थानिय थान प्रसाद रेग्मीलाई अपशब्द गाली गलोज गरेका थिए ।
प्रतिक्रिया