मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेलफेयरले लगाउने १४ औँ कपिलवस्तु महोत्सवमा प्रवेश शुल्क घट्ने

वेलफेयरले लगाउने १४ औँ कपिलवस्तु महोत्सवमा प्रवेश शुल्क घट्ने

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाइटीले लगाउने १४ औँ कपिलवस्तु महोत्सवको प्रवेश शुल्क घट्ने भएको छ । बुद्ध रंगशाला जितपुरमा मंसिर २१ देखि पुष १ गतेसम्म आयोजना हुने महोत्सवमा यसपटक प्रवेश शुल्क घटाइने भएको हो ।

सोसाइटीका अध्यक्ष तथा महोत्सवका संयोजक राज कुमार खाँणले दर्शकहरुको मनोभावना बुझेर शुल्क घटाइएको छ । उनका अनुसार यसपटक विद्यार्थीले ४० रुपैयाँ र अन्य ब्यक्तिले ६० रुपैयाँको टिकट काटेर प्रवेश पाउने छन् । यो गत बर्षभन्दा १० । १० । रुपैयाँले कम हो । यस्तै वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई पनि छुटको सुविधा रहेको बताइएको छ ।

अधिकतम रुपमा दर्शक भित्राउने आफूहरुको लक्ष्य रहेको संयोजक खाँणले बताए ।