मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामिछानेलाई खोया हान्ने युवक १० दिन हिरासतमा रहने

लामिछानेलाई खोया हान्ने युवक १० दिन हिरासतमा रहने

अपि टाइम्स

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा खोया हान्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ ।

सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पोखराको एक सभामा बोल्दै गर्दा शनिबार लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटले लामिछानेमाथि मकैको खोया प्रहार गरेका थिए ।

रास्वपा सभापति लामिछानेले खोया हान्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए । तर, प्रहरीले कसैको उजुरीका आधारमा नभइ प्रहरी प्रतिवेदनका आधारमा मुद्धा अगाडि बढाएको बताएको छ ।