मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोचक हुँदै महासचिव भीडन्त, यी तिनमा कसले बाजी मार्ला ?

रोचक हुँदै महासचिव भीडन्त, यी तिनमा कसले बाजी मार्ला ?

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी तिन बर्षे कार्यकालको लागि माघ २३ गते निर्वाचन हुँदैछ । चुनावमा मुख्य प्रतिस्पर्धा काँग्रेस–माओवादी समर्थित प्यानल र एमाले समर्थित प्यानलबीच नै हुने अनुमान गर्न सकिन्छ ।

शुक्रबार एमाले समर्थित साझा प्यानल सार्वजनिक हुँदा कसको प्रतिस्पर्धा कोसंग भन्ने पिक्चर पनि देखिएको छ ।
अध्यक्षमा गणेश बहादुर क्षेत्री र मोहन न्यौपानेबीच कडा नै भीडन्त हुने देखिन्छ । रास्वपाका समर्थित स्वतन्त्र प्यानलमा अध्यक्षका उम्मेदवार लक्ष्मण कँडेलले आफ्नो प्यानलले जित्ने दावी गर्दै प्रचारप्रसारमा छन् ।

महासचिवको भीडन्त भने निकै कडा हुने अनुमान गर्न सकिन्छ । महासचिवमा क्षेत्री प्यानलबाट नवदत्त घिमिरे, न्यौपाने प्यानलबाट मदन पौडेल र स्वतन्त्र प्यानलबाट अटो ब्यवसायी बुद्धिसागर बेलबासबीच प्रतिस्पर्धा हुँदैछ ।
तिनै उम्मेदवार ब्यवसायीमाझ रुचाइएका पात्र हुन् । वैरिया घर भएका घिमिरे बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका, पढेलेखेका र पाका ब्यक्ति मानिन्छन् । पौडेल युवामाझ बढि परिचित छन् । महोत्सवमा उनले स्टल संयोजकको भूमिका पनि सकुशल ढंगबाट निभाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बाणगंगा नगर सभापति रहेका बेलबासे पनि कम परिचित छैनन् । उम्मेदवार भएसंगै तिनै जनाको जित्ने दावी छ ।
धेरै संघसंस्थामा महासचिव प्रकृतिका पदमा भूमिका निर्वाहा गरिसकेकाले नेतृत्व पाए नविन ढंगले काम गर्ने घिमिरेको दावी छ । अहिलेसम्मको स्थिति हेर्दा आफूले जित्ने निश्चित भएको घिमिरे बताउँछन् । संघको महासचिवजस्तो पदमा जोकोहि आउँदा समस्या हुने भन्दै आफूलाई मतदान गर्न घिमिरेको आग्रह छ ।

यता पौडेलले अबको विकास युवाबाट मात्र सम्भव रहेको बताए । बिभिन्न सामाजिक संघसंस्थामा सफलतापूर्वक काम गरेको छविकै कारण सिनियरहरुलाई छोडेर ब्यवसायीले आफूलाई विश्वास गरेको भन्दै महासचिवको योग्य उम्मेदवार रहेको पौडेलले दावी गरे ।

बेलबासेले पनि आफूले चुनाव जित्ने दावी गर्दछन् । धेरै ब्यवसायीसंग सुमधुर सम्बन्ध रहेको, धेरै संस्थामा नेतृत्वमा रहेर काम गरेकाले आफ्नो पक्षमा धेरै बयवसायी रहेको बेलबासेको भनाई छ । एमाले, काँग्रेस– माओवादीतिरका ब्यवसायी पनि बेलबासेको उपस्थितिबाट त्रसित देखिन्छन् ।

ब्यवसायीका अनुसार मुख्य प्रतिस्पर्धा भने घिमिरे र पौडलबीच नै हुने छ । काँग्रेस र माओवादीको गठबन्धन रहेकाले मत क्रस नभएको खण्डमा नवदत्त घिमिरेलाई सहज हुन सक्ने बताइन्छ ।