काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
सभामुख घिमिरेले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वनिक गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनले सांसदहरू संसद् बैठकमा उपस्थित हुन छोडेको भनेर हुने टिप्पणीको अन्त्य गर्नका लागि दैनिक रूपमा हाजिरी सार्वजनिक गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि प्रतिनिधिसभा बैठकको कार्यतालिका लागु गर्ने । विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने, कार्यव्यवस्था समितिले निर्णय गरेको छ ।
संसद्का यसअघिका बैठक गणपूरक संख्या नपुगेर पटकपटक स्थगित गर्नुपरेको थियो ।
प्रतिक्रिया