काठमाडौँ । सरकारले आगामी मिडिया तथा पत्रकारिता केन्द्रित केही कार्यक्रम अघि सारेको छ। आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यी कार्यक्रम अघि सारिएको हो।
आमसञ्चार क्षेत्रको व्यावसायिक विकासका लागि नीतिगत, कानुनी र संरचनागत सुधार गरिने। सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाउने।
मिडिया साक्षरता अभियान सञ्चालन गरिने। मातृभाषामा आधारित ग्रामीण पत्रकारिता प्रवर्द्धन गरिने। सबै प्रदेशमा सञ्चारग्राम निर्माण र सञ्चालन गर्ने नीति लिइने।
टेलिभिजन तथा एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन, हक हस्तान्तरण गर्न तथा स्थानान्तरण हुन प्रोत्साहित गरिने।
प्रतिक्रिया