मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलबस्तुको शुद्धोधन १ मा १४ जनाको उम्मेवारी दर्ता, घण्टीका कारण ठुला दलमा तनाव

कपिलबस्तुको शुद्धोधन १ मा १४ जनाको उम्मेवारी दर्ता, घण्टीका कारण ठुला दलमा तनाव

अपि टाइम्स

कपिलबस्तु। यहि मंसिर १६ गते हुने उपचुनावको लागि कपिलबस्तुको शुद्धोधन गाँउपालिका वडा नं १ को वडाध्यक्षमा १४ जनाले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय शुद्धोधन गाँउपालिका वडा नं १ का अनुसार चार स्वतन्त्र सहित १४ जनाले उम्मेदवारी दिइएका छन् ।

सो पदमा नेपाली कांग्रेस, नेकपा ‘एमाले’, नेकपा ‘माओवादी’ केन्द्रको, जनमत पार्टी , जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पाटी,नागरिक उन्मुक्ति पार्टी, नेकपा(एकिकृत)बाट पनि उम्मेदवारी दर्ता गराउनु भएको हो ।

त्यस्तै चार उम्मेदवारले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रहेको रिक्त पदको लागि निर्वाचन हुन लागेको छ ।

यसैबीच पहिलोपटक स्थानीय चुनाव लड्न लागेको राष्ट्यि स्वतन्त्र पार्टीको मनोनयनसंगै प्रमुख दलमा भय सिर्जना भएको बताइएको छ । रास्वपाबाट अवधेश कुमार चौधरी दलबलसहित रास्वपा उम्मेदवार मनोनयनस्थलमा सहभागि हुँदा एमाले र काँग्रेसमा यस्तो डर देखिएको स्थानीय बताउँछन् ।

शुद्धोधनका नेता नविन चौधरीका अनुसार माहौल निकै राम्रो छ । आफूहरुसंग ठुला दलहरु डराएको उनले बताए । उनले यसपटक शुद्धोदनमा आफूहरुले चुनाव जित्न सक्ने पनि दावी गरे ।