मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति, ७ गतेको आन्दोलन अनिश्चित

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति, ७ गतेको आन्दोलन अनिश्चित

अपि टाइम्स

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो ।

प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएका प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने बताइएको छ ।

प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । यसअघि मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए । साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उनी सो मुद्धामा एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
हिरासतमा म्याद थपसंगै मंसिर ७ गतेको उनको प्रदर्शन अनिश्चित बनेको छ । पैसाइले यसअघि नै मंसिर सातमा वृहत आन्दोलन गर्ने घोष्णा गरेका थिए ।