काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’
साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० तिर लक्षित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने रु’ ओलीले हिन्दी उखान सुनाउँदै भने, ‘उल्टे चोर, कोतवालको डाँटे ।’
उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे । ‘विश्वस्तरमा पनि हामी परस्परमा एकताको भावनामा छौं,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया