मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलोपटक महिलाको नेतृत्व-अनुभवी रिजाल, यसरी बनाउँदै छन् कपिलवस्तु डान्स आइडललाई खास

पहिलोपटक महिलाको नेतृत्व-अनुभवी रिजाल, यसरी बनाउँदै छन् कपिलवस्तु डान्स आइडललाई खास

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । पहिलो संस्करणदेखि १२ औँ संस्करणसम्म डान्स आइडलले निरन्तरता पाउनु चानेचुने विषय होइन । लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा लाग्ने मेला र महोत्सवमा पनि डान्स आइडल नामका यस्तै प्रकृतिका धेरै प्रतियोगिता भए तर तिनले निरन्तरता पाउन भने सकेनन् ।

तर कपिलवस्तु महोत्सवमा भने एउटा नृत्यको प्रतियोगिता यति रोचक बन्यो कि त्यसले १२ बर्षसम्म पनि निरन्तरता पाइरहेको छ । यो नै कपिलवस्तु महोत्सवको इतिहास हो । यस प्रतियोगिताबाट निस्केका प्रतिभाहरुले केके गरे त्यतातर्फ नजाऔँ यो प्रतियोगिताले एक दशक बढी निरन्तरता पाउनु नै ठुलो सफलता हो ।

यसपटक पनि मंसिर १९ गतेदेखि पौष २ गतेसम्म बुद्ध रंगशाला जितपुरमा १५ औँ कपिलवस्तु महोत्सवको अवसर पारी ‘१३औँ औँ डान्स आइडल’ हुँदैछ । जसलाई थप रोचक बनाउन अहिले निकै मिहिनेत भइरहेको छ ।

यसपटकको डान्स आइडलमा थप केहि नयाँपन आउँछ भन्नेमा धेरै जना विश्वस्त यस मानेमा पनि छन् कि सो प्रतिया्गिताको नेतृत्वमा पहिलोपटक महिला छिन् । उनी हुन् विष्णु मल्ल ।

नृत्यका विषयमा ज्ञान र स्टेज कार्यक्रमहरुको अनुभव संगालेकी मल्ल पनि आइडललाई विशेष बनाउन अहिले लागेकी छन् । उसो त आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघले जब महिलाको नेतृत्व रहने गरी डान्स आइडल संचालन गर्ने निधो गर्यो तब केहि नयाँ हुनेमा धेरै सरोकारवालाको आशा छ ।

अहिले आइडलको अडिसनबाट प्रतिभाहरु चुन्ने काम भइरहेको छ । सयौँ प्रतियोगिबाट १५ जनालाई छानेर मञ्चमा पठाइने मल्ल बताउँछिन् । यसपटक फिजिकल र डिजिटल अडिसन नै राखेर प्रतिभा खोजिएको भन्दै १३ औँ संस्करणको डान्स आइडलले राष्ट्रमा नाम राख्ने मल्लको विश्वास छ ।

मल्ल यसमानेमा पनि ढुक्क छिन्, उनले निकै अनुभवी ब्यक्तिलाई साथमा पाएकी छन् । कपिलवस्तु घर नभए पनि कपिलवस्तुलाई घर नै सम्झेर डान्स आइडलका बिभिन्न संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेका चर्चित मोडल तथा डान्सर हरिशरण रिजाललाई साथमा पाउँदा मल्ल औधी खुसी छिन् । अहिले मल्ल र रिजाल मिलेर नृत्यमा रुची राख्नेहरुबाट उत्कृष्ट प्रतियोगी छान्ने काममा ब्यस्त छन् ।

शुक्रबार पनि उत्कृष्ट प्रतिभाहरु छनौट भइसकेका रिजाल बताउँछन् । महोत्सवको उद्घाटन सत्रको अर्को दिन मंसिर २० गतेबाट मंचमा नै प्रतियोलिगले आफ्नो प्रतिभा देखाउने मौका पाउने रिजालले अपिटाइम्सलाई बताए ।

विगतका महोत्सवमा डान्स आइडमा केहि विकृति रहेको भनेर पनि सरोकारवालाबाट बेलाबखत गुनासो आउने गर्दछ । त्यो गुनासो भनेको पैसा भए आइडल जित्न सकिन्छ भन्ने हो ।

तर यसपटक त्यस्तो गुनासो आउन नदिने गरी प्रतियोगिता संचालन गर्न लागिएको मल्लले जानकारी दिइन् । संयोजक मल्ल भन्छिन्, ‘कपिलवस्तु डान्स आइडलको इतिहासमा पहिलोपटक महिलाको नेतृत्व छ । मलाई संयोजक दिएकोमा संघप्रति आभारी छु । आइडलको विषयलाई लिएर विगतमा केहि गुनासा नआएका होइनन् । पैसाको चलखेल हुन्छ भन्ने पनि आरोप छ । यसपटक त्यसरी चलखेल हुन दिने छैनौँ ।’

मल्ल थप्छिन्, ‘मत खसाले पनि एउटै ब्यक्तिले एकैपटक धेरै टिकट काट्न पाउने छैन । आफ्नो प्रतिभालाई जिताउन टिकट काटेर त मत खसाल्नु नै पर्यो तर त्यसरी ठेलीका ठेली किन्ने बातावरण सिर्जना हुन दिने छैनौँ । अहिले राम्रो प्रतिभा माथि जाने नै छ । सम्पूर्ण अभिभावकहरुलाई विशवास दिलाउन चाहान्छु ।’

मल्लले निर्णाय संयोजक रिजालको कामको खुलेर प्रसंसा गर्दै उहाँसंग काम गर्न पाउँदा निकै खुसी लागेको बताइन् ।

१ देखि १२ औँसम्मका विजेताहरुलाई खोजी गरी सबैको फोटोसहित पोष्टर राखिने प्रचार गरिने र सम्मान गर्ने पनि मल्लले जानकारी दिइन् । विजेताहरुको लागि सम्मान र अरुले पनि प्रेरणा आऊन् भनेर पहिलोपटक यस्तो गर्न लागेको उनले बताइन् ।

डान्स आइडल संयोजक रिजालले पनि राम्रो प्रतिभा चाँडै आउट भए पनि ह्वाइल कार्डमार्फत् फिर्ता गर्ने नियम बनाएको सुनाए ।
रिजाल भन्छन्, ‘भोट कम पाएकै कारण अहिले राम्रो प्रतिभाले मञ्च छाड्नु पर्ने अवस्था आउने छैन ।’

आइडलमा यसपटक केहि थप नयाँ नियम बनेका रिजालले बताए । त्यसबारे विस्तारै प्रतियोगी र अभिभावकलाई जानकारी गराइने रिजालको भनाई छ । रिजालले कपिलवस्तु महोत्सव र यहाँको आइडल कार्यक्रम आफूलाई खास लाग्ने बताए । यसपटक पनि जिम्मेवारी पाउनासाथ आफू मैदानमा खटेको उनले बताए ।

यसपटक अडिसनमा देखेका प्रतिभाको मुल्यांकन गर्दा निकै आशा जागेको बताए । अडिसन पनि उत्साहजनक भएको भन्दै उनले १२ औँ डान्स आइडललाई राष्ट्रले चिन्ने दावी गरे ।

महोत्सव मूल समारोहका सयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले १२ औँ कपिलवस्तु डान्स आइडल विशेष नै बन्ने बताए ।

आइडल संयोजक मल्ल र निर्णय संयोजक रिजालाई सर्वाधिकार दिइएको भन्दै कुनै दबाबप्रभावविना उत्कृष्ट ढंगबाट प्रतियोगिता सम्पन्न गर्न आग्रह गरेको क्षेत्रीको भनाई छ ।

महोत्सव समापनको दिन पौष २ गते १२ औँ कपिलवस्तु डान्स आइडल घोषणा हुने क्षेत्री बताउँछन् । आइडलको विजेताले १ लाखभन्दा बढी पुरस्कार, चाँदीको ट्रफी र थुप्रै पुरस्कारहरु पाउने छन् ।