मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोकिएन नेपालको खराब ब्याटिङ, १२४ रन पछ्याउन नसकेपछि क्यानडासँग हार

रोकिएन नेपालको खराब ब्याटिङ, १२४ रन पछ्याउन नसकेपछि क्यानडासँग हार

अपि टाइम्स

काठमाडौं । नेपाल त्रिकोणात्मक टी२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो ।

नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन ।

ओपनर अनिल साह ९ र आसिफ शेख ८ रनमा आउट भए । देव खनाल ११, कुशल मल्ल १२, मध्यक्रममा झरेका कुशल भुर्तेल ७, दीपेन्द्रसिंह ऐरी ६, सोमपाल कामी १, सन्दीप लामिछाने १० र करण केसी ५ रनमा आउट भए ।

क्यानडाका कलिम सानाले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । साद बिन जाफरले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । प्रविन कुमार र अखिल कुमारले १(१ विकेट लिए ।

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । साद बिन जाफरले १८ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाए । श्रेयस मोभ्भाले २३ बलमा १ चौका र १ छक्कासहित २२, आरोन जोनसन ९, नवनित धालिवाल १४, निकोलस किर्टोन ५ र हर्ष ठाकेरले १ रन बनाए ।

तल्लोक्रममा प्रविन कुमारले १३ बलमा २ छक्कासहित १९ तथा अखिल कुमारले १४ रन जोडे । नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए । डेब्यू गरेका बलर रिजन ढकालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

आईसीसी विश्वकप लिग २ मा नेपाल क्यानडासँग १०३ रन र ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा आइतबार राती ओमानसँग खेल्नेछ ।