बणगंगा । कपिलवस्तु जिल्लाको स्वास्थ्य क्षेत्रले फड्को मारेको छ । लामो प्रयास र सरकारी उल्झनका बाबजुत गौतमबुद्ध मुटु अस्पत्ताल बुटवल, रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तु, कपिलवस्तु जेसिज र लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीको अथहक मिहिनेतबाट जिल्लाको बाणगंगा नगरपालिकामा कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टरको शुभारम्भ भएको हो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सेन्टरको विहिबार शुभारम्भ गरेका हुन् । अब सेन्टरको शुभारम्भ भएपछि कपिलवस्तु जिल्लाका मृगौला रोगीहरुलाई डायलाइसिसको लागि रुपन्देही धाउनु पर्ने बाध्यता टरेको छ ।
पूर्व पश्चिम राजमार्ग स्थित वाणगंगा नगरपालिका १, बैरियास्थित जेसिज भवनमा रहेको सेन्टरबाट अब नियमित रुपमा सेवा संचालन हुने छ ।
सेन्टरमा १० वटा डायलाइसिस मेसिन राखिएको छ । दैनिक ६० बिरामीलाई सेवा पु¥याउन सक्ने क्षमता रहेको छ । ५ करोडको लगातमा डायलाइसिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।
उनले भने, ‘एकजना बिरामीले हप्ताको दुई देखि तीन पटकसम्म डायलाइसिस गर्नुपर्ने हुन्छ । मृगौला डायलाइसिस गर्नुपर्ने विरामीलाई जिल्ला बाहिर जानु पर्ने अवस्था अन्त्य भएको छ । ८ वडा मेसिनबाट सेवा सुरु भएको सुन्टरमा विस्तारै सेवा थपिँदै जाने जानकारी गराउँदछु ।’
अध्यक्ष आलामले कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर,बाणगंगाका् सूचिकृतका निम्ति अनेकन समस्या भोग्न परेको कथा, ब्यथा र ढिलाईका बाबजुद ३६ महिनाको अर्थक प्रयास पश्चात सामुदायिक डायलासिस सेन्टर, बाणगंगा सूचिकृत भएकोमा विशेषगरी मृगौला पिडितहरुलाई बधाई ज्ञापन गरे । सेन्टर सुरु भएर घर दैलोमै सेवा पाउँदा आफूहरु निकै खुसी रहेको मृगौला पीडित विरामीहरुले बताएका छन् ।
सेन्टर सुरु भएपछि स्वास्थ्य क्षेत्रमा कपिलवस्तुमा क्रान्ति भएको वक्ताहरुले बताएका छन् । मुख्यमन्त्री आचार्यले यो सेन्टरले धेरै दुखेका मृगौला पीडित विरामीको चेहरामा खुसी थपेको बताए । उनले भने, ‘मृगौला रोग कस्तो हुन्छ र यसबाट ब्यक्ति र परिवारले कति दुख पाएको हुन्छ भन्ने कुरा उहाँहरुलाई नै थाहा हुन्छ । आज यो सेवा सुरुले तिनै दुखेका मनहरुलाई धेरै सहजता थपेको छ । यसको दिगोपनाको लागि सरकार प्रतिवद्ध छ । यस्ता सामुदायिक हस्पिटल र डायलाइसिस सेन्टरको दिगोपनाको लागि नियम कानुन परिमार्जन गरेर या कार्यविधि फेरबदल गरेर भए पनि सरकारले सहकार्य गरेर काम गर्नेछ ।’
मुटु अस्पताल, जेसिज, जनप्रतिनिधि र बाणगंगा नगरपालिका र सबै संघसंस्थालाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ।स्वास्थ्य क्षेत्रमा देखा प मुख्य मन्त्री आचार्यले सरकारका नीतिगत समस्यालाई समयमै समाधान गरी लुम्बिनी प्रदेश सरकार जनमुखी स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा प्रतिवद्ध रहेको बताए ।
यस्तै प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर शारुले मृगौला रोगिका निम्ति डायलाइसिस सेवा महत्वपूर्ण अवसर भएको धारणा राखे । स्वस्थ्य मन्त्री शारुले प्रदेशबाट विपन्न जनताका निम्नी दिदै आएका सेवालाई जिल्ला स्थित जनस्वास्थ्य कार्यालय मार्फत सरल ढंगले छिट्टै प्रदान गर्ने प्रतिवद्धता जनाए । मन्त्रालयले ५५ वुदे सूचाङ्क निर्माण गर्दै कामलाई सुक्ष्म ढंगले अगााडी बढाएको जानकारी गराउँदै उनले स्वास्थ्य क्षेत्रमा देखा परेका समस्या समाधान र प्रभावकारी कार्यान्वयनका निम्ति १५ बुदे घोषणा पत्र जारी गरेको सुनाए ।
पूर्वस्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले आज आफु निकै खुसी भएको बताए । उनले आफ्नो एउटा सपना पुरा भएको भन्दै सेन्टरको शुभारम्भ भएपछि कपिलवस्तुको स्वास्थ्य क्षेत्रमा क्रान्ति भएको उनको भनाई छ । सेन्टर संचालनका लागि आफू दर्जनौँपटक कागज बोकेर सरकारसंग धाएको प्रसंग निकाल्दै पन्थीले राम्रो काम गर्न खोज्दा पनि धेरै अवरोध सिर्जना भएको बताए ।
लुम्बिनीका पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका पंथीले जिल्लाको चन्द्रौटामा प्रदेश स्तरकै सरुवा रोग अस्पतालको काम भइरहेको , तौलिहवामा १ सय वेडको कपिलवस्तु अस्पतालले हालै स्वीकृती पाएसंगै संचालनमा रहेको, त्यस्तै जिल्लाको बाणगंगा नगरपालिका भित्र ५० सैयाको यूनाइटेड सहकारीद्धारा यूनाईटेड सामुदायिक अस्पताल संचालनमा रहेको र थप ५० शैयाका निम्ति भौतिक पूर्वाधारको काम शुभारम्भ भएको बताउदै यी कामले जिल्लाको स्वास्थ्य क्षेत्रमा क्रान्ति थप्ने बताए । उनले बाणगंगा नगरपालिकाको मातहतमा रहेको १५ शैयाको पिपरा अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्र्ने र ४ नं मा रहेको कपिलवस्तु सामुदायिक अस्पताललाई ब्रोन अस्पतालको रुपमा विकास गर्नुे गरी आफूहरु अघि बढेको बताए ।
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य एवम् लुम्बिनी प्रदेशका विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले दैनिक जसो बुटवल धाउनुपर्ने मृगौला रोगिका निम्ति आफ्नै घर आगनबाट डायलाइसिस सेवा पाउदा आर्थिक हैसियत कमजोर भएका, परिवारबाट हेरचाह पाउन कठिनाई भोगेका मृगौला रोगिका निम्ति त यो सेवा बरदान नै सावित भएको बताउदै आफुले पनि पुरै जीवन सामाजिक कार्यमा समरपित गर्ने प्रतिवद्धता जनाए ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगरपालिकामा मात्र २९ जना डायलाइसिसका विरामी रहेको बताउदै डायलाइसिसका विरामीका निम्ति नगरपालिकाले निरन्तर सहयोग पु¥याउदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग पु¥याउने प्रतिवद्धता जनाए ।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, नेपाल डिस्टिक पूर्व गर्भनर राजेन्द्र ध्वजु, बुटवल, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष दिनेश रेग्मी, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, कपिलवस्तु जेसिजका अध्यक्ष प्रविण पौडेल, रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष ज्ञानहरी न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए भने सहयोगी संस्था र ब्यक्तिलाई पनि सम्मान गरिएको थियो ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमको अध्यक्षता, उपसचिव बाबुराम बोहराको संचालन र अस्पतालका कार्यकारी निर्देशक डा समिर गौतम स्वागतमा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा स्थानिय संघ, संस्था एवम् सरोकारवालाहरुको महत्वपूर्ण उपस्थिती रहेको थियो ।
विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका २०८० अन्र्गत मृगौला रोगका विरामीहरुलाई हेमोडायलाइसिस सेवा प्रदान गर्ने गरी स्वास्थ्य सेवा विभाग नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाको मिति २०८१ आश्विन ६ गतेको नेपाल सरकार सचिव स्तरीय निर्णयबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलद्धारा संचालित कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर, बाणगंगा, कपिलवस्तुको सुचीकृत भएको थियो ।
प्रतिक्रिया