मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा थपियो टुईल पिटनेश क्लव, वडिविल्डर श्रेष्ठ लगायत प्रशिक्षक

बाणगंगामा थपियो टुईल पिटनेश क्लव, वडिविल्डर श्रेष्ठ लगायत प्रशिक्षक

अपि टाइम्स

बणगंगा । राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा चर्चित तथा बडिबिल्डिङका बिभिन्न उपाधि हासिल गर्न सफल ब्यक्तिबाट प्रशिक्षण गराउने गरी कपिलवस्तुको बाणगंगामा टुईल पिटनेश क्लव थपिएको छ । वडा दशैँको अवसर पारी विहिबार चार नम्बरमा क्लवले सेवा शुभारम्भ गरेको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री र मिस्टर काठमाडौँका उपविजेता कृष्ण श्रेष्ठले रिवन काटेर क्लवको उद्घाटन गरेका थिए । बाणगंगामा सफल ब्यवसायीका रुपमा चिनिएका सिद्धि अधिकारीका सुपुत्र शिशिर अधिकारीले करिब १ करोड हाराहारीको लगानी गरेर अत्याधुनिक उपकरण र प्रविधिसहितको क्लव संचालनमा ल्याएका हुन् ।

बडिविल्डिङका बिभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय उपाधि जितेका उनै श्रेष्ठ लगायतले नियमित रुपमा प्रशिक्षण दिने ब्यवस्थासहित क्लव खोलिएको अधिकारीले जानकारी दिए ।

दिनहुँ तालिम दिन अर्का अनुभवी प्रशिक्षक रहेको र श्रेष्ठ हप्तामा तिनचार दिन आएर अनुगमन गरी सुझाव सल्लाह, जिम र डाइटबारे सुझाव सल्लाह दिने संचालक अधिकारीले जनाए । वडा दशैँको अवसर भएकाले अहिले भर्ना शुल्क १ हजार मात्र तोकिएको र अन्य कोर्षमा पनि छुट दिइएकाले चाँडै भर्ना हुन क्लवले आग्रह गरेको छ ।

पछिल्लो समय जिम र फिटनेस क्लबहरू युवापुस्तामा लोकप्रिय बनिरहेका बेला बाणगंगामा खोलिएको अत्याधुनिक प्रविधिसहितको क्लवले बजार लिनेमा धेरै विश्वस्त छन् ।

बोडी बिल्डर कृष्ण श्रेष्ठले युवतीहरुमा एरोबिक र पुरुषहरूमा जिमले व्यापक रुचि पाएको बताउँदै शरीर स्वस्थ राख्ने काममा अल्छी नगर्न सबैलाई आग्रह गरे । शारीरिक सुन्दरता र तन्दुरुस्ती राख्न मानिसको जीवनमा जिम आवश्यक रहेको भन्दै यसले मानिसलाई अनुशासित र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने बताए ।

उद्घाटन कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेश बहादुर क्षेत्रीले पनि क्लबको प्रशंसा गरे । उनले भने, “युवा पुस्तालाई स्वास्थ्यप्रति सचेत बनाउन यो जिम क्लब एक महत्वपूर्ण प्रयास हो। सङ्घ सधैँ युवाहरूको हितमा क्रियाशील रहनेछ।”

लगानीकर्ता सिद्धि अधिकारीको स्वागत र पत्रकार चन्द्रकान्त न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा समाजसेवी डोलकराम घिमिरे, शक्तिसिंह ठकुरी लगायत युवायुवतीको भीँड थियो । बाणगंगामा यसअघि पनि सुविधासम्पन्न क्लवहरु खुलिरहेका छन् ।