काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले गरेको १ सय ३३ औं अन्तर्राष्ट्रिय गोलको मदतले पोर्चुगलले यूइएफए नेसन्स लिगमा शनिबार पोल्यान्डलाई सजिलै ३–१ ले पराजित गरेको छ । लिग ए को ग्रुप वान खेलमा पोर्चुगलले बर्नार्डो सिल्भाको गोलले अग्रता लिएको थियो ।
त्यसपछि रोनाल्डोले ३७ औं मिनेटमा गोल गरे । युरो २०२४ मा कुनै गोल गर्न नसकेपछि आलोचनाको शिकार भएका रोनाल्डोले नेसन्स लिगका तीन खेलमा तीन गोल गरिसकेका छन् ।
पिटर जिलेन्स्कीले घरेलु टिम पोल्यान्डका लागि एक गोल फर्काएयता पोर्चुगलले एक आत्मघाती गोल उपहार पाएको थियो । लिग ए ग्रुप फोरमा सर्बियाले स्विटजरल्यान्डलाई २–० र स्पेनले डेनमार्कलाई १–० ले हरायो ।
युरोपेली च्याम्पियनका लागि मार्टिन जुबिमेन्डीले ७९ औं मिनेटमा एक मात्र निर्णायक गोल गरे । खेल बराबरीतर्फ अग्रसर भएको बेला जुबिमेन्डीले युरो २०२४ च्याम्पियनका लागि पेनाल्टी एरिया बाहिरबाट गोल गरको हुन् ।
प्रतिक्रिया