झापा । झापाको केरखामा बुधबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा विद्युतीय साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिकाको केरखा सडक खण्डमा भएको दुर्घटनामा परी कमल गाउँपालिका ३ निवासी ६० वर्षीय टेक बहादुर लिम्बू र उनकी १० वर्षीया नातिनीको बुधबार साँझ मृत्यु भएको हो।
दुर्घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरूद्ध पारेका छन् भने दुर्घटनामा संलग्न बस तोडफोड गरेका छन्।
प्र १– ०१ – ००१ ख ४३३१ नम्बरको बसले पश्चिम दिशातर्फ गइरहेको इलेक्ट्रिक साइकललाई ठक्कर दिएको थियो।
साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएसँगै स्थानीयले बसमा तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए।
प्रतिक्रिया