मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली सरकारको फेरिने लिस्टको अग्रपंतिमा मन्त्री अधिकारी र गुप्ता, यस्तो छ कारण

ओली सरकारको फेरिने लिस्टको अग्रपंतिमा मन्त्री अधिकारी र गुप्ता, यस्तो छ कारण

अपि टाइम्स

काठमाडौं । केपी शर्मा ओली सरकारका मन्त्रीहरु एकपछि अर्को आर्थिक मामिलामा विवादमा पर्दैआएका छन् । भूमिब्यवस्था मन्त्री बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवामा खुलेआम आर्थिक लेनदेन गरेको बिषय छताछुल्ल भएका छन् । मन्त्री अधिकारी र गुप्ताले सरुवामा करोडौं असुली गरेको आरोप लागेको छ ।

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले असोज १५ गतेको मिति राखी असोज ३ गतेसम्म नाम संशोधन गरी सरुवामा ६ करोडभन्दा बढी उठाएको आरोप छ ।

सामान्य प्रशासन मन्त्री गुप्ताले गएको भदौ अन्तिममा १ हजार २ सय ५० कर्मचारीको सरुवा गर्दा प्रत्येकसँग दररेट तय गरेर असुली गरेको आरोप लागेको छ ।

मन्त्री गुप्ताले मन्त्रालयमा सरुवामा असुलीको डिल गर्नका लागि छोरा सुभास गुप्ता, भाइ सन्तोष रौनियार गुप्ता र साला जितेन्द्र रौनियार गुप्तालाई परिचालन गरेका थिए । उनीहरुले दररेट अनुसार आर्थिक संकलन गरी सरुवाको सूची बनाएका थिए ।

मन्त्री गुप्ताले प्रमुख प्रशासकीय अधिकृत र आकर्षक कार्यालयका कर्मचारी सरुवामा मात्रै होइन, मन्त्रालयकै महाशाखा र शाखा परिवर्तनमा पनि लेनदेन गर्ने गरेका छन् ।

मन्त्री गुप्ताका छोरा सुभाषसहितको पारिवारीक सदस्यको तीन सदस्यीय समूहले प्रमुख प्रशासकीय अधिकृतको लागि ५ लाखदेखि २० लाखसम्म लेनदेन गर्दै खटाउने गरेको स्रोत बताउँछ । मन्त्री गुप्ताको सचिवालयमा उनीहरुको नाम छैन, तर मन्त्रालयबाट हुने सरुवाको सूची बनाउने काम उनीहरुले नै गर्दैआएका छन् ।

स्रोतका अनुसार मन्त्री गुप्ताले छोरा सुभाष गुप्तासँग डिल मिलेपछि सहसचिव रुद्रसिंह तामाङलाई मन्त्रालयको आकर्षक मानिने क्षमता विकास महाशाखाको प्रमुख बनाएका छन् । विशेष अदालतबाट सेटिङमा भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि पुनः सरकारी सेवामा फर्किएका तामाङलाई उक्त महाशाखाको प्रमुख बन्दा गुप्ताले कुस्त लाभ लिएका छन् ।

प्रदेश र स्थानीय तहमा तालिम संचालन गर्ने उक्त महाशाखामा ५ वटा दातृसंस्थाको ठूलो सहयोग रहँदैआएको छ । कूटनीतिक नियोगले प्रयोग गर्ने निलो प्लेटको गाडी चढ्न पाउने तामाङ उक्त परियोजनाको निर्देशकसमेत हुन् ।

त्यसैगरी मन्त्री गुप्ताले सोही महाशाखा अन्तर्गतको शाखाको प्रमुखमा उपसचिव बन्दना झालाई ल्याएका छन् । झा उक्त परियोजनाको ब्यवस्थापक हुन् । झालाई उक्त शाखामा ल्याउनका लागि पनि गुप्ताले दररेट तय गरी लिएको स्रोतको दाबी छ । १५ लाखको दररेट लिनेगरी उक्त शाखाका लागि मन्त्रीका छोराले डिल गरेको स्रोत बताउँछ ।

त्यसैगरी, शाखा अधिकृत सुधिरकुमार महतोले दररेट कबोल गरी उक्त शाखामा पुगेका छन् । सो परियोजनामा काम गर्ने कर्मचारीहरुले विदेशी नियोगमा जस्तै डलरमा भत्ता बुझ्ने, तालिम र सेमिनारका नाममा विदेश र स्वदेश भ्रमणमा जान पाउने र दाताले दिएको बजेट मनलाग्दी खर्च गर्न पाउने भएकाले कर्मचारीका लागि आकर्षक मानिन्छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको कृपा देवकोटामथि रहेपछि मेयर मीठाराम अधिकारी उनका अगाडि निरीह छन् । लेखाअधिकृत देवकोटा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले मेयर अधिकारीलाई फनफनी घुमाउँदैआएका छन् । मात्र साक्षर मेयर अधिकारीलाई गुमराहमा राखी देवकोटा र अर्यालले नगरपालिकामा हालीमुहाली गर्दै आएका छन् ।

यातायातमा बर्षौ कार्यरत रही बदनाम भएका उपसचिव तेजनारायण यादवले मन्त्रालयको आकर्षक शाखा नपाए उपत्यकाको कुस्त आम्दानी भएको नगरपालिकाको प्रमुख प्रशासकीय बन्नका लागि मन्त्री गुप्तासँग मोलतोल गरिरहेका छन् । कर्मचारी प्रशासन शाखाका उपसचिव भुवनेश्वर लामिछाने तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्नका लागि मन्त्री गुप्ताले अराएका ऐन नियम बिपरीतका कामसमेत खुरुखुरु गर्दैआएका छन् ।

लामिछाने यसअघि बुढानीलकन्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । बुढानीलकन्ठमा करिब डेढ बर्ष बसेका उनी त्यहाँबाट सरुवा नहुने प्रयासमा लागेका थिए । तर उनको प्रयास सफल हुननसकेपछि उनी पुनः तारकेश्वर जानका लागि मन्त्रीका हरेक आदेश शिरोपर गर्दै आएका छन् ।

कर्मचारी नियुक्तिमा करोडौं असुली गरेको आरोप लागेका कागेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले मन्त्री गुप्तासँग सेटिङ गरी त्यहीँ थमौती हुने निश्चित गरेका छन् ।

विभिन्न तहका करिब ५० जना कर्मचारी नियुक्ति गर्दा एक जनाबराबर ३ देखि ५ लाख उठाएको आरोप मिश्र र मेयर उपेन्द्र कार्कीमाथि लाग्दैआएको छ । जसका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

बुढानीलकन्ठ नगरपालिकाका लेखा अधिकृत केदारप्रसाद देवकोटा कार्यालयमा नबसी सामान्य प्रशासन मन्त्रालयमै घुमिरहने गरेका छन् । उनी आर्थिक लेनदेनका आधारमा कर्मचारी सरुवामा तल्लीन रहेको आरोप छ । नगरपालिकाका भुक्तानी लिने सप्लायर्स र ठेकेदारहरुलाई बोलाएर मन्त्रालय र क्याफेहरुमा लेनदेन गरी भुक्तानी दिने गरेको स्रोत बताउँछ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको कृपा देवकोटामथि रहेपछि मेयर मीठाराम अधिकारी उनका अगाडि निरीह छन् । लेखाअधिकृत देवकोटा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले मेयर अधिकारीलाई फनफनी घुमाउँदैआएका छन् । मात्र साक्षर मेयर अधिकारीलाई गुमराहमा राखी देवकोटा र अर्यालले नगरपालिकामा हालीमुहाली गर्दै आएका छन् । मन्त्री अधिकारी शीर्ष नेताको दबाबपछि मन्त्री बनेका थिए ।

आफ्नै पार्टीका मन्त्रीहरु बिभिन्न विवादमा आएपछि अहिले प्रधानमन्त्री ओली उनीहरुसंग सन्तुष्ट नभएको समाचार छ । अब ओली सरकारको मन्त्रीमण्डल फेरिने हल्ला छ । त्यसमा यी २ मन्त्री अग्रभागमा रहेको बताइन्छ ।
तर मन्त्री र उनीहरुको सचिवालयले भने यो सबै कुरा झुट रहेको बताउँदै आएको छ । दृष्टिबाट साभार