काठमाडौं। क्रोएसियालाई नेसन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्न एक अंक मात्र चाहिएको थियो। तर, समूह विजेता पोर्चुगलविरुद्ध आवश्यक अंक प्राप्त गर्नुअघि स्प्लिटमा घरेलु टोलीले निक्कै संघर्ष गर्नुपर्यो।
खेलको ३२औं मिनेटमा भिटिन्हाको ४५ यार्डबाट दिएको लामो पासमा जोआओ फेलिक्सले गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर, ६५औं मिनेटमा जोस्को ग्वार्डिओलले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए।
योसँगै क्रोएसिया समूह ‘ए’ बाट दोस्रो हुँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो। अन्तिम आठमा क्रोएसियासँगै फ्रान्स, इटाली, जर्मनी, स्पेन, पोर्चुगल र नेदरल्यान्ड्सले स्थान बनाइसकेका छन्। क्वाटरफाइनलका खेलहरू मार्च २० देखि २३ सम्म हुनेछ।
प्रतिक्रिया