कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगेमा आजदेखि चौथो बुद्धभुमि महोत्सव, कृषि तथा पर्यटन प्रदर्शनी सुरु हुँदै छ । दिउसो १२ः १५ बजे प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले गर्ने भएका छन। बुद्धभूमि उद्योग बाणिज्य संघको आयोजनामा यो महोत्सव आयोजना भएको हो ।
संघका अध्यक्ष तथा महोत्सवका संयोजक शुभलाल भुसालले मेलाको उद्घाटनको तयारीमा रहेको बताए । आज उद्घाटन अघि ठाउँठाउँबाट सांस्कृतिक झाँकीहरु आउने बताइएको छ । गोरुसिंगे चोकबाट बिभिन्न स्कुल, कलेज, आमा समुहले बिभिन्न जातजातिका संस्कृति झल्कने झाँकीहरु निकाल्ने तयारी भइरहेको अध्यक्ष भुसालले जानकारी दिए ।
मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शन, विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् व्यापारिक गतिविधिहरू हुने छन् । चौथो भए पनि उद्योग बाणिज्य संघले पहिलोपटक आयोजना गरेको हुँदा महोत्सवलाई सफल बनाउन अध्यक्ष भुसालले सबैलाई आग्रह गरे ।
१ सय ५० बढी स्टलहरु रहने मेलामा ५० लाख बराबरको कारोबार हुने छ । महोत्सवले स्थानीय समुदायका हस्तकला, परम्परागत उत्पादन, र स्थानीय खानाको प्रवर्द्धनमा समेत योगदान पु¥याउने आयोजकको विश्वास छ । महोत्सव मंसिर १७ गतेसम्म सञ्चालन हुदै छ।
प्रतिक्रिया