मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलिदेखि नन्दनगरमा ३० औँ महायज्ञ, दुलहीझैँ सिंगारियो कैलाश आश्रम परिषर

भोलिदेखि नन्दनगरमा ३० औँ महायज्ञ, दुलहीझैँ सिंगारियो कैलाश आश्रम परिषर

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा २ नन्दनगर स्थित कैलाश आश्रम परिषर दुलहीझैँ सिंगारिएको छ । भोलिदेखि सुरु हुने ‘३० औँ श्री वराहपुराण पाठ पारायण तथा श्रीमद् भागवत महापुराण धन धान्याञ्चल ज्ञान–महायज्ञ’ को लागि महायज्ञस्थल कैलाश आश्रम सिंगारिएको हो ।

परिषरमा चारैतिर ध्वजा पताका लगाइएको छ भने पोखरी पनि ध्वजापताकाले सुन्दर देखिएको छ । यसैबीच मंसिर १६ गतेसम्म हुने महायज्ञको सम्पुर्ण तयारी पुरा भएको आयोजक मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजले बतायो । दिउँसो १ बजे नेपाल सरकारका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले समुद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

शुबार साँझ पत्रकार सम्मेलन आयोजना गरेर समाजले उक्त कुराको जानकारी दिएको हो । समाजका अनुसार उद्घाटन अघि विहान ९ बजेदेखि वैरियादेखि बाजागाजा र झाँकीसहितको शोभा कलस यात्रा सुुरु हुने छ ।

यस महायज्ञबाट ८ हजार क्विन्टल अन्न संकलन गर्ने र त्यसबाट गुरुकुलमा रहेका बटुकको बर्षभरीको खाना र भण्डारा चलाउने लक्ष्य रहेको समाजका अध्यक्ष रविराज ज्ञवालीले बताए ।

महायज्ञको प्रमुख वाचकमा प्रसिद्ध कथावाचक दीपक सापकोटा रहेका छन् भने भारतबाट पनि विद्धान र विदुषीहरु आउने महायज्ञका संरक्षक सन्तशिरोमणी १००८ स्वामी लोकानन्द महाराजले जानकारी दिए ।

गुरुकुल संचालन र बटुकको खानपानको लागि महायज्ञ आयोजना गरिएको हुँदा मनैबाट सकेको सहयोग गर्न उनको सबैमा आग्रह छ । महायज्ञबाट करिव ४० लाखको आर्थिक तथा ८ हजार क्विन्टल अन्नदान संकलन गर्ने अपेक्षा आयोजकको छ ।

बैदिक सत्य सनातन धर्मको रक्षार्थ राष्ट्र शान्ति र विश्व शान्तीको कामना सहित महायज्ञ आयोजना गरिएको प्रचार प्रसार उप समिति संयोजक तथा समाजका उपाध्यक्ष जगतराज रेग्मीले बताए । अहिलेसम्मको प्रचारप्रसारले आफूहरु उत्साहित रहेको उनको भनाई छ ।

अहिले गुरुकुलमा १ सय २५ जना बटुकहरुले अध्ययन गरिरहेका छन् । उनैको भरण पोषणको लागि महायत्र आयोजना गरिएको हो । पत्रकार सम्मेलनमा प्रवर्धन समाजका सचिव कमल पौडेल, व्यवस्थापक मोहन प्रसाद पन्थी, प्राचार्य कृष्ण प्रसाद पोख्रेल लगायतले महायज्ञ संचालनको उद्देश्यबारे प्रकाश पारेका थिए । पत्रकार सम्मेलनमा बाणगंगाका क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।

महायज्ञमा बाणगंगा राइडर्स क्लवले प्रमुख रुपमा प्रचार प्रसार गरेको छ । आयोजकले राइडर्सको सहयोगले आफूहरुलाई निकै टेवा पुगेको भन्दै धन्यबाद दिए ।