मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु महोत्सवमा पहिलोपटक प्रदेशस्तरीय महिला कबड्डी, यस्ता छन् टिम

कपिलवस्तु महोत्सवमा पहिलोपटक प्रदेशस्तरीय महिला कबड्डी, यस्ता छन् टिम

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । १५ औँ कपिलवस्तु महोत्सवमा नयाँ आकर्षणको रुपमा बिभिन्न खेलहरु हुने भएका छन् । बालुवामा साइक्लिङ च्यालेञ्ज गर्ने कार्यक्रम पहिलोपटक आयोजना हुँदै गर्दा कपिलवस्तु महोत्सवको इतिहासमा पहिलोपटक प्रदेश स्तरीय महिला कबड्डी (लुम्बिनी) प्रतियोगिता पनि हुने निधो भएको हो । कबड्डी महोत्सव स्थल बुद्ध रंगशालाको एक भागमा ३ दिनसम्म हुनेछ ।

आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघले यस विषयमा तयारीसमेत सुरु गरेको युवा तथा खेलकुद संयोजक पंकज पाण्डेले अपिटाइम्सलाई जानकारी दिए ।

उनका अनुसार आजै मिति टुङ्गो लाग्नेछ भने पुरस्कारबारे पनि आजै जानकारी दिइने छ । पाण्डेले कपिलवस्तुबाट पनि एउटा टिम हुने बताए । कपिलवस्तुसंगै प्युठान, अर्घाखाँची, रुपन्देही, दाङ, रोल्पा, बाँके र बर्दियाबाट सहभागि महिला टिमबीच निकै रोचक प्रतिस्पर्धा हुने संयोजक पाण्डेको दावी छ ।

महोत्सवमा नयाँपन दिन विगतका बिभिन्न कार्यक्रम मुल्यांकन गरेर नयाँ नयाँ कार्यक्रम ल्याउने सोच अनुसार कबड्डी खेल ल्याउन लागिएको पाण्डेले बताए ।

गत बर्ष रेस्लिङ, त्यसअघि कुस्ती, लगायतका खेल भएपनि कबड्डी अहिलेसम्म भएको थिएन । तर यस क्षेत्रमा कबड्डी खेलप्रति पनि रुची भएको हुँदा यस्तो निर्णय भएको संघका अध्यक्ष तथा महोत्सव मूल समारोह संयोजक गणेश बहादुर क्षेत्रीले जानकारी दिए । यस प्रतियो्गिताले धेरैलाई उत्साहित बनाएको आयोजक बताउँछ ।

बालुवामा साइक्लिङ च्यालेञ्ज बाणगंगा राइडर्स क्लवले गर्दैछ भने भलिबलको पनि तयारी भइरहेको छ । बाणगंगा नगरपालिका अन्तर्गतका विद्यालयलाई केन्द्रमा राखेर महिला भलिबल प्रतियोगिता हुन लागेको बताइएको छ । महोत्सव मंसिर १९ गतेदेखि पौष २ गतेसम्म हुनेछ । २ लाख दर्शक भिाउने र करिब ५ करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ ।