काठमाडौँ । रानीमहल नजिकै आइतबार बेलुकी ५ बजेतिर भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भयो । रानीमहल पुगेर तानसेनतर्फ फर्किएको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बर जीप सडकदेखि तल खोचमा खसेको थियो । त्यसमा नवलपरासीका ५ जना र लम्जुङका एक जनाले ज्यान गुमाएका थिए ।
घटनामा परी चालक ३५ वर्षीय ईश्वर लोहनी गम्भीर घाइते भएका थिए । उनलाई यसरी उद्धार गरिएको थियो । घाइते लोहनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरलिे जनाएको छ । दुर्घटना कारण भने खुलेको छैन ।
प्रतिक्रिया