मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ औँ कपिलवस्तु महोत्सवः ४० प्रतिशत स्टल स्थानीयलाई, समयमा बुकिङ नगरे नपाइने

१४ औँ कपिलवस्तु महोत्सवः ४० प्रतिशत स्टल स्थानीयलाई, समयमा बुकिङ नगरे नपाइने

अपि टाइम्स

अपिटाइम्स, कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म हुन लागेको १४ औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको तयारी तीव्र छ । ‘युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा अहिले स्टल निर्माण र बुकिङको काम भइरहेको छ ।

बुद्ध रंगशालामा हुने महोत्सवमा कृषि, हस्तकला, प्रविधि, पर्यटन, दैनिक उपभोग्य सामाग्री तथा लत्ता कपडा आदिका करिब ३ सय स्टल रहने संयोजक मिन थापाले बताए । उनका अनुसार तीमध्ये व्यवसायिक १ सय ८०, कृषिका स्टल २०, घरेलुका ५० र विभिन्न प्रदर्शनका ५० बढी स्टल हुने छन् । उनले अहिलेसम्म ६० प्रतिशत स्टल बुकिङ भइसकेका र अब ४० प्रतिशत मात्रै बाँकी रहेको बताए ।

महोत्सवका संयोजक तथा वेलफेयरका अध्यक्ष राज कुमार खाँणले स्थानीय आएसम्म ४० प्रतिशत स्टल हिस्सा दिइने बताए । उनले भने ‘स्थानीय स्टलधनीलाई महोत्सवमा आउन आग्रह गर्दछु । हाम्रो सोँच स्थानीयलाई प्राथमिकतामा राख्ने हो । तर समयमा नआएको खण्डमा हामीले अरुलाई दिनुपर्ने हुन्छ । तिनचारदिनभित्र उहाँहरु आएमा हिसाबै गरेर ४० प्रतिशत दिइन्छ । समयमै नआएमा बाध्य भएर बाहिरकालाई दिनुुपर्ने हुन्छ । अझै केहि बाँकी छन् , समयमा सम्पर्क गर्ने स्थानीयले स्टल पाउनुहुन्छ । ‘ अहिलेको महोत्सव हरेक हिसाबले सफल बन्ने अध्यक्ष खाँणले बताए ।