काठमाडौं । विद्यालय व्यवस्थापन समितिहरूले पठनपाठनको भाषा तोक्ने अधिकार व्यवस्थापन समितिलाई दिन प्रस्ताव गरेका छन्। विद्यालय शिक्षा सम्बन्धी विधेयकमा सरकारले अंग्रेजी, गणित र विज्ञान विषय अंग्रेजी भाषामा पठनपाठन गर्न प्रस्ताव गरेको छ। विधेयकबारे प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा व्यवस्थापन समितिहरूले यस्तो अधिकार व्यवस्थापन समिति र विद्यालयलाई संयुक्त रूपमा लिने गरी दिनुपर्ने प्रस्ताव…