दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेस गर्न संस्थागत विद्यालयलाई दोस्रो पटक पत्राचार गरेको छ । पहिलो पटक सूचना प्रकाशित गर्दा पनि विवरण पेस नगर्ने विद्यालयलाई उपमहानगरले दोस्रो पटक सूचना निकालेर ताकेता गरेको उपमहानगरको शिक्षा महाशाखाले जनाएको छ । तुलसीपुर उपमहानगरभित्र ६५ वटा संस्थागत विद्यालय रहेकोमा २९ वटा विद्यालयले मात्रै छात्रवृत्ति विवरण पेस…