चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । एउटा विद्यालयमा प्रधानाध्यापक नियुुक्तिको विषयले नेकपा एमाले र नेपाली काँग्रेस बाणगंगा नगर कमिटि/समिति बीचको लडाँई उत्कर्षमा पुगेको छ । गत असार १५ गते नगरपालिकाको कार्यालयमा नेपाली काँग्रेसका नेताहरुले त्यहि प्रअ नियुक्ति लगायतका केहि स्कुलका गतिविधिलाई इस्यू बनाउँदै नगर प्रमुख चक्रपाणी अर्याल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायतलाई झपारेका थिए ।…