मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, ८२ जना संक्रमित

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, ८२ जना संक्रमित

अपि टाइम्स

काठमाडौं। कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्‍यु भएको हो ।

यस्तै १ हजार ६३४ जनाको नमुनामध्‍ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको संक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आईलोशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

बुधबार मात्रै ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
संक्रमण बढ्न थालेपछि कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा मन्त्रालयले आग्रह गरेको छ ।