मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्नेलाई पक्राउ गरिसक्यौंः गृहमन्त्री

ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्नेलाई पक्राउ गरिसक्यौंः गृहमन्त्री

अपि टाइम्स

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको बताएका छन् ।

बुधबार झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको बताए ।

‘कोशी नामकरणमा विरोृध राख्ने समूहले कालोझण्डा प्रदर्शन गर्ने केही अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा गर्ने काम भएको छ । सरकारको तर्फबट दुख व्यक्त गर्न चाहन्छु’ उनले भने, ‘ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । यस क्रममा दुई जना प्रहरीहरु घाइते भएका छन् ।’

प्रहरीले सकारात्मक भूमिका खेलेपछि ओली सहभागी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र उनी इलामतर्फ प्रस्थान गरिसकेको पनि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।