मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपराजित रहदै नेपाल सेमिफाइनलमा, सन्दिपको सनसनीपूर्ण प्रदर्शन

अपराजित रहदै नेपाल सेमिफाइनलमा, सन्दिपको सनसनीपूर्ण प्रदर्शन

अपि टाइम्स

काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारलाई हराउदै नेपाल अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

टियु मैदानमा भएको खेलमा नेपाल ६८ रनले विजयी भएको हो ।

नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलब १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो।

कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५र१५ तथा अमिर फरिकले १४ रन बनाए ।

ईनिङको पहिलो बलमा नै छक्का प्रहार गरेर नेपाललाई केही दबाब दिएको कतारले लगातार विकेट गुमाउदा खेल गुमायो ।

नेपालका लागि सन्दपि लामिछानेले ५ तथा सोमपाल कामीले ३ विकेट लिए । सन्दीपले ९ दशमलब १ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिएका थिए ।

ललितनारायण राजवंशीले २ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो ।

नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए ।

कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए ।

दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११र११ रन बनाए ।

अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपाल सम्मानजनक योगफलसम्म पुग्यो ।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३र३ तथा गयान मुनवारा २ विकेट लिए ।

चार खेलमा तीन जित र एक खेलमा अंक बाडेको नेपाल समूह ए को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको छ । शनिबार नेपालले समूह बी को उपविजेतासँग फाइनल खेल्नेछ ।