मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यज्दीका बाइकको बुकिङ शुक्रबारबाट खुला, मुल्य कति ?

यज्दीका बाइकको बुकिङ शुक्रबारबाट खुला, मुल्य कति ?

अपि टाइम्स

काठमाडौ। बाइकमा प्रसिद्ध ब्राण्ड यज्दी नेपाली बजारमा भित्रिने पक्का गरेपछि बिक्रेता कम्पनीले ग्राहकका लागि बुकिङ खुला गरेको छ। क्लासिक लिजेण्डका यज्दी मोटरसाइकल अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले नेपालमा ल्याउन लागेको हो।

कम्पनीले आफ्नो सामाजिक सञ्जालमा सूचना पोष्ट गर्दै यज्दी बाइकको बुकिङ खुला गरिएको जनाएको छ। क्लासिक डिजाइनका मोटरसाइकलका सौखिनलाई लक्ष्य गर्दै नेपाली बजारमा एउटा मोडल थपिने भएको हो।

कम्पनीले उक्त पोष्टमा ‘बुक नाउ एण्ड जोइन द राइड’ भनेको छ। नेपाली बजारमा जावा ब्राण्ड मोटरसाइकल बिक्री गर्दै आएको मोटोइंकले यज्दी पनि भित्र्याउन लागेको हो। यसका लागि कम्पनीले मूल्य सूची समेत प्रकाशित गरिसकेको छ।

भारतमा उत्पादित यज्दीका हालका लागि ३ वटा मोडल नेपाली बजारमा ल्याउने तयारी छ। एड्भेन्चर, रोडस्टार र स्क्रयाम्बलर गरी तीन मोडल आउने छ।

कम्पनीले भित्र्याउने रोडस्टार मोटरसाइकलको मूल्य ९ लाख १६ हजारदेखि ९ लाख २५ हजार रुपैयाँसम्म छ। त्यस्तै, यज्दी स्क्रयाम्बलरको मूल्य ९ लाख ४८ हजारदेखि ९ लाख ५६ हजार रुपैयाँसम्म छ।

त्यसैगरी, यज्दी एड्भेन्चरको मूल्य ९ लाख ९६ हजारदेखि ९ लाख ९८ हजार रुपैयाँसम्म रहने कम्पनीले प्रकाशित मूल्यसूचीमा उल्लेख छ।

नेपाली बजारमा सार्वजनिक गर्दा भने पूर्व निर्धारित मूल्यमा केही छुट दिन सकिने विषयमा बिक्रेता कम्पनी परामर्शमा छ।

यस्ता छन् यज्दीका तीन मोडल

यज्दीका सबै मोटरसाइकलमा ३३४ सीसी इन्जिनयुक्त छ। महिन्द्रा ग्रुप अन्तर्गतको क्लासिक लेजेन्डले जावा, बीएसए र यज्दीका मोटरसाइकल उत्पादन गर्दै आएको छ।

यज्दी स्क्र्याम्बलरको फिचर यज्दी रोडस्टरबाट प्रेरित भएको देख्‍न सकिन्छ। यसमा एलईडी हेडलाइट, टेललाइट, टर्न इन्डिकेटर, क्लियर लेन्स र गोल आकारको एलसीडी डिजिटल डिस्प्ले जडान गरिएको छ। बाइकमा ह्यान्डलबार( माउन्टेड युएसबी र टाइप सी चार्जिङ प्वाइन्ट जस्ता फिचर पनि छन्।

यज्दी स्क्र्याम्बलरमा ३३४ सीसी सिंगल सिलिन्डर ४ स्ट्रोक लिक्विड कुल्ड डीओएचसी युनिट प्रयोग गरिएको छ। यज्दी स्क्र्याम्बलर ६ रङमा आउने छ।

यसैगरी यज्दी एड्भेन्चर बाइकमा एलईडी हेडलाइट युनिट, एलसीडी डिजिटल डिस्प्ले दिइएको छ। यस बाइकमा ३३४ सीसी सिंगल सिलिन्डर ४( स्ट्रोक लिक्विड कुल्ड डीओएचसी इन्जिन जडान गरिएको छ। जसले ३०।२ पीएस पावर र २९।९ एनएम टर्क उत्पादन गर्छ। बाइकमा ६ स्पिड गियरबक्स छ।

यज्दी एड्भेन्चरमा टर्न बाई टर्न नेभिगेसन पनि छ। सो बाइकलाई ब्लुटुथमार्फत ब्रान्डको एपसँग पनि जोड्न सकिन्छ। एपले आगमन कल र सन्देश, मिस कल, सिग्नल र ब्याट्री जस्ता अलर्ट जानकारी पनि प्रदान गर्छ।

यस्तै अर्को मोडल यज्दीको क्रुजर बाइक रोडस्टर नियो( रेट्रो डिजाइन स्टाइलमा उपलब्ध हुनेछ। यो बाइक तीन वटा कलरमा उपलब्ध छ। यज्दीले रोडस्टारमा ३३४ सीसी इन्जिन प्रयोग गरेको छ। उक्त इन्जिन जावा बाइकमा समेत प्रयोग गरिन्छ। रोडस्टरमा रहेको सिंगल सिलिन्डर लिक्विड कुल्ड युनिटले २९।७ पीएस आउटपुट र २९ एनएम टर्क उत्पादन गर्छ।